लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

दाङ

परिचय

           दाङ्ग  जिल्लाको कुल जनसंख्या मध्ये ६० प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित रहेको छ । आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रविधिको प्रचार-प्रसार गरि परम्परागत कृषिमा आधारित  प्रणालीमा सुधार ल्याई निर्वाहमूखी कृषि  प्रणालीलाई व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई आत्मसात गरी जिल्लाकाे कृषि विकासले मूलुकको आर्थिक विकासमा पनि टेवा पु-याओस् भन्ने अभिप्रायले आ.व. २०३३/२०३४ सालमा जिल्ला पशु कार्यालयको स्थापनासँगै देशमा संघीयता कार्यान्वयन पश्चात  लुम्बिनी प्रदेश सरकार अन्तरगत वि.स. २०७५ साल भाद्र २६ गते  दाङ्ग  जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , दाङ्गको स्थापना भएको हो ।